बिहीबार, जेठ ८, २०८२

राप्रपालाई सरकारले भृकुटीमण्डपमा आमसभा गर्न दिएन

 |  सोमबार, चैत २५, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, चैत २५, २०८१

vianetvianet
National life insurance

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भोलि मंगलबारको आमसभा बल्खुमा गर्ने भएको छ। प्रशासनले सुरक्षा कारण देखाउँदै भृकुटीमण्डपमा अनुमति नदिएपछि सभा बल्खुमा हुने भएको हो। 

चैत २६ गते राप्रपाले भृकुटीमण्डपमा सभा गर्नका लागि अनुमति मागेको थियो। प्रवक्ता मोहनकुमार श्रेष्ठले आन्दोलनलाई योजनाबद्ध ढंगबाट क्रमिक रुपमा अघि बढाउन आग्रह गरेका छन्।

उनले भनेका छन्, ‘भोलि चैत २६ गते भृकुटीमण्डपमा हुने भनिएको राप्रपाको बागमती प्रदेश स्तरीय प्रदर्शन र आमसभा बल्खुमा हुनेछ। प्रशासनले सुरक्षाको कारण देखाउॅदै भृकुटीमण्डपमा अनुमति नदिएपछि स्थान परिवर्तन गर्नुपरेको हो। सरकारको रवैयाबाट बुझौं- हाम्रो आन्दोलनले उचाइ लिँदैछ।'

प्रकाशित: Apr 07, 2025| 11:22 सोमबार, चैत २५, २०८१
प्रतिक्रिया दिनुहोस्