बिहीबार, असार ४, २०८३

आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा

 |  सोमबार, चैत २५, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, चैत २५, २०८१

काठमाडौं- प्रतिनिधि सभा अन्तरगत आज तीन समितिको बैठक बस्ने भएको छ।

National life

सोमबार प्रतिनिधि सभा अन्तरगत अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति र कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बस्न लागेको हो।

अर्थ समितिको बैठकमा आगामी आ.व. को बजेट सम्बन्धमा अर्थ मन्त्रालयसँग छलफल गर्ने कार्यसूची रहेको छ भने बैठक बिहान ११ बजे बस्दै छ।

यस्तै, महिला तथा सामाजिक मामिला समितिको बैठकमा मुस्लिम आयोगको आ.व. २०८०/८१ को वार्षिक प्रतिवेदन सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ भने बैठक दिनको ३ बजे बसिने छ।

यसै गरी, कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान १० बजे बस्ने छ। बैठकमा मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने मानिसहरूको मानव अधिकारको अवस्था सम्बन्धमा स्थलगत अनुगमनबारे छलफल गर्ने कार्यसूची रहेको छ।

Shivam cement

प्रकाशित: Apr 07, 2025| 09:16 सोमबार, चैत २५, २०८१
प्रतिक्रिया दिनुहोस्