शुक्रबार, असोज १६, २०८३

प्रतिनिधि सभाको दोस्रो अधिवेशनमा ६८ बैठक, १२ विधेयक पारित

 |  शुक्रबार, असोज १६, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १६, २०८३

काठमाडौं। प्रतिनिधि सभाको दोस्रो अधिवेशन समापन भएको छ। गत वैशाख २८ गतेदेखि शुरु भएको अधिवेशनमा ६८ वटा बैठक बसेको थियो।

अधिवेशनको समापन गर्दै सभामुख डोलप्रसाद अर्यालले संसदले यस अवधिमा १२ वटा विधेयक पारित गरेको जानकारी गराएका छन्। 

गत वैशाख २८ गते सुरू भएको प्रतिनिधि सभाको दोस्रो अधिवेशन असोज १६ गतेसम्म १४५ दिन चलेको यो अधिवेशनमा ६२ दिनमा ६८ पटक बैठक बसेको थियो। 

संसदले आर्थिक विधेयक २०८३, विनियोजन विधेयक २०८३ र सम्पती शुद्धीकरण निवारण तेस्रो संशोधनलगायतका १२ वटा महत्वपूर्ण विधेयक पारित गरेको छ। जसमध्ये ११ वटा विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेका छन्। यसबाहेक २० वटा विधेयक विभिन्न समितिमा विचाराधीन छन् भने केही थप विधेयकहरू प्रक्रियामा रहेका छन्।

यस अधिवेशनले हिमालमा जलवायु परिवर्तनको प्रभाव,जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद् सम्बन्धी अध्ययन गर्न १५ सदस्यीय विशेष संसदीय समिति गठन गरेको छ। त्यस्तै यस अधिवेशनले बजेट पारित गरेको थियो। 

सभामुख अर्यालले संसद्ले कानुन निर्माणसँगै जनसरोकारका विषय, विपद् व्यवस्थापन तथा समसामयिक राष्ट्रिय मुद्दामा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेको साथै युवा सांसदहरुले राखेको तार्किक विचार र प्रस्तुतिले संसदीय अभ्यासमा योगदान पुगेको बताएका थिए।  

प्रकाशित: Oct 02, 2026| 18:30 शुक्रबार, असोज १६, २०८३
प्रतिक्रिया दिनुहोस्