बिहीबार, जेठ ८, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • राप्रपाको आन्दोलनमा राष्ट्रिय झण्डासहित भाग लिन जगमान गुरुङको अपिल

राप्रपाको आन्दोलनमा राष्ट्रिय झण्डासहित भाग लिन जगमान गुरुङको अपिल

 |  आइतबार, चैत २४, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, चैत २४, २०८१

vianetvianet

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले राजसंस्था पुनर्स्थापनाका लागि गर्ने आन्दोलनलाई संयुक्त जनआन्दोलन समितिले समर्थन जनाएको छ।

समितिका कार्यवाहक संयोजक जगमान गुरुङले आइतबार विज्ञप्ति जारी गर्दै राप्रपाको आन्दोलनमा सक्रिय सहभागी हुन अपिल गरेका छन्।

राप्रपाले ‘अवस्था बदल्न व्यवस्था बदलौं’ भन्ने मूल नाराका साथ २६ गते काठमाडौंको भृकुटीमण्डमा जनप्रदर्शन तथा आमसभा गर्दैछ। विज्ञप्तिमा गुरुङले राप्रपाको कार्यक्रममा राष्ट्रिय झण्डासहित शान्तिपूर्ण रुपमा सक्रिय सहभागिता जनाउन सबै राष्ट्रवादी देशभक्त नागरिकहरूमा आह्वान गरेका छन्।

समितिले यसअघि दुर्गा प्रसाईंले चैत १५ मा आह्वान गरेको जनप्रदर्शनलाई सघाएको थियो। उक्त आन्दोलनमा राप्रपाको पनि समर्थन र सहभागिता थियो। त्यस दिनको प्रदर्शन हिंसात्मक बन्दा दुई जनाको ज्यान गएको थियो र आगजनी र तोडफोड भएको थियो।

प्रकाशित: Apr 06, 2025| 12:18 आइतबार, चैत २४, २०८१
प्रतिक्रिया दिनुहोस्