बुधबार, साउन १३, २०८३

रियल मड्रिडले बेटिसलाई पराजित गर्यो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
एजेन्सी- स्पेनिस ला लिगा अन्तर्गत रियल मड्रिड विजयी भएको छ । आइतबार राति भएको खेलमा  रियल बेटिसमाथी २-१ गोल अन्तरले विजयी भएको हो । 

पहुना टोली रियल मड्रिडलाई जित दिलाउन लुका मोड्रिच र ड्यानी सेबालोसले समान एक एक गोल गरे । यता बेटिसका लागि सर्जियो कानालेसले एक गोल फर्काएका थिए । 
खेलमा सुरुवाती अग्रता भने रियलले लिएको थियो । 

घरेलु टोलीविरुद्ध खेलको १३ औं मिनेटमा मोड्रिचले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाए । मोड्रिचको गोलमार्फत पहिलो हाफमा १-० को अग्रता बनाएको रियलले दोस्रो हाफमा थप एक गोल गर्दा एक गोल खाएको थियो । 

खेलको ६७ औं मिनेटमा बेटिसका सर्जियो गोल गर्दै खेल १-१ गोलको बराबरीमा ल्याए । ८८ औं मिनेटमा सेबालोसले गोल गर्दै रियललाई हारबाट जोगाए । जितसँगै रियलले १९ खेलबाट ३३ अंक जोड्दै लिगको चौथो स्थानमा छ । 

रियलले तेस्रो स्थानको सेभियासँग अंक बराबरी समेत गरेको छ ।  बेटिस २६ अंक जोडेर सातौं स्थानमा छ । ला लिगा अन्तर्गत भएको अर्को खेलमा तेस्रो स्थानको सेभिया एथ्लेटिको बिल्बाओसँग २-०ले पराजित भएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।