बिहीबार, जेठ ८, २०८२

सबैले आएर अनुरोध गरेपनि प्रधानमन्त्री बन्दिनँ: प्रचण्ड

 |  बिहीबार, चैत २१, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २१, २०८१

vianetvianet

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्रीको दौडमा नरहेको बताएका छन्।

प्रेस सेन्टर बाँकेले नेपालगन्जमा आज आयोजना गरेको पत्रकार भेटघाटमा पूर्वप्रधानमन्त्री प्रचण्डले २०८४ सम्म प्रधानमन्त्रीको रेसमा आफू नभएको बताएका हुन्।

उनले भने, ‘सबैले आएर नेतृत्व गर्नुपर्‍यो भने पनि म प्रधानमन्त्रीको रेसमा छैन।’अध्यक्ष प्रचण्डले संविधान बनाउँदादेखि नै गणतन्त्र मन नपराएकाहरुले अहिले टाउको उठाउने कोसिस गरेको बताउँदै त्यतिबेला संविधान जारी गर्दा अहिले हतारमा नगरौँ भन्ने कांग्रेस र एमालेभित्रका नेताहरु पनि लागिपरेको बताए।

उनले सरकारको गैरजिम्मेवारी क्रियाकलापका कारण जनतामा निराशा छाएको र बिचौलियाले टाउको उठाउने मौका पाएको टिप्पणी गरे।

प्रकाशित: Apr 03, 2025| 19:06 बिहीबार, चैत २१, २०८१
प्रतिक्रिया दिनुहोस्