बुधबार, वैशाख २, २०८३

तीनकुने घटनामा राप्रपाले माग्यो गृहमन्त्रीको राजीनामा

 |  बिहीबार, चैत २१, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २१, २०८१

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले यही चैत १५ गते भएको तीनकुने घटनाका विषयमा छानबिन गर्न आयोग गठन गर्न माग गरेको छ।

National life

घ‍टनामा सरकारको दमनकारी नेतृत्वका कारण जनताको ज्यान गएको बताउँदै राप्रपाले गृहमन्त्री रमेश लेखकको राजीनासमेत मागेको छ। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा गएको राप्रपाको प्रतिनिधिमण्डलले आज कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई ध्यानाकर्षणपत्र बुझाएको हो।

ध्यानाकर्षणपत्रमा सर्वोच्च अदालतका पूर्वन्यायाधीशको अध्यक्षतामा मानव अधिकार आयोग, नागरिक समाज सम्मिलित स्वतन्त्र छानबिन आयोग गठनको माग राखिएको छ।

गृहमन्त्रीसँगै १५ गतेको नेतृत्व गर्ने प्रहरी र प्रशासनिक प्रमुखलाई निलम्बनको मागसमेत गरिएको छ। साथै, उक्त दिन ज्यान गएका पत्रकार सुरेश रजक र सविन महर्जनलाई शहिद घोषणा तथा क्षतिपूर्तिको माग गरिएको छ।

यसका साथै, रवीन्द्र मिश्र र डा. धवल शमशेर राणालगायत अन्य बन्दीहरूको रिहाइको माग समेत गरिएको छ।

kumari

प्रकाशित: Apr 03, 2025| 12:23 बिहीबार, चैत २१, २०८१
प्रतिक्रिया दिनुहोस्