बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • त्रिचन्द्र क्याम्पसको स्ववियु अध्यक्षमा नेविसंघका कोइराला निर्वाचित

त्रिचन्द्र क्याम्पसको स्ववियु अध्यक्षमा नेविसंघका कोइराला निर्वाचित

 |  बिहीबार, चैत २१, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २१, २०८१

काठमाडौं- त्रिचन्द्र क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को अध्यक्षमा नेपाल विद्यार्थी संघका गोविन्द कोइराला निर्वाचित भएका छन्। सचिवमा आशिष गिरी र कोषाध्यक्षमा दुष्यन्त गौतम निर्वाचित भए।

National life

यहाँ नेविसंघ विरुद्ध ७ विद्यार्थी संगठनको गठबन्धन थियो। सात संगठनको गठबन्धनलाई पराजित गर्दै नेविसंघका कोइरालाको प्यानलै निर्वाचित भएको हो।

दुई हजार ६७१ विद्यार्थी मतदाताले मतदान गरेका थिए। कोइराला एक हजार २१५ मत ल्याएर विजयी भएका हुन् ।

कोइरालाका प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सागर न्यौपानेले ६८३ मत प्राप्त गरे भने अनेरास्ववियुका स्ववियु अध्यक्ष उम्मेदवार प्रमित विष्टले ४३१ मत पाए।

Shivam cement

प्रकाशित: Apr 03, 2025| 11:49 बिहीबार, चैत २१, २०८१
प्रतिक्रिया दिनुहोस्