बुधबार, पुस ९, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • सुकुम्बासी समस्या समाधान आयोगले बाँकेका ५ स्थानीय तहमा थाल्यो जग्गा नापजाँच

सुकुम्बासी समस्या समाधान आयोगले बाँकेका ५ स्थानीय तहमा थाल्यो जग्गा नापजाँच

 |  सोमबार, चैत १८, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, चैत १८, २०८१

नेपालगञ्ज- बाँकेका पाँच स्थानीय तहमा सुकुम्बासी समस्या समाधान आयोगले जग्गा नापजाँच थालेको गरेको छ। 

National life

जग्गा नापजाँचको काम कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिका, खजुरा गाउँपालिका, जानकी गाउँपालिका र राप्तीसोनारी गाउँपालिकामा भइरहेको सुकुम्बासी समस्या समाधान आयोग, बाँकेका अध्यक्ष घननाथ खनालले जानकारी दिए।

कोहलपुर-७, ९ र १३ वडा, बैजनाथ-७, जानकी-५, खजुरा-६ र राप्तीसोनारी-३, ४, ७ वडामा जग्गा नापजाँचको काम भइरहेको उनले बताए। 

अध्यक्ष खनालले नेपालगञ्जमा आजदेखि नै काम सुरु गरिने उल्लेख गर्दै डुडुवा र नरैनापुर गाउँपालिकामा लगत संकलन कार्य भइरहेको जानकारी दिए। 

'अझै पनि केही स्थानीय तहमा लगत संकलन सकिएको छैन। तर केही स्थानमा नापजाँच सुरु भइसेकेको छ', उनले भने।

Laxmi sunrise bank
kumari

अहिलेसम्म जिल्लाभर ५३ हजार ७३० कित्ता जग्गाको लगत संकलन भएको छ। यसअघि गठन भएको सुकुम्बासी समस्या समाधान आयोगमा सबैभन्दा बढी कोहलपुर नगरपालिकामा १७ हजार ६१५, राप्तीसोनारी गाउँपालिकामा १२ हजार ५२३, बैजनाथमा १० हजार ११२, नेपालगञ्जमा तीन हजार ४२, नरैनापुरमा दुई हजार ३४५ र जानकीमा दुई हजार ८१० कित्ता नापजाँचका लागि निवेदन परेको थियो। 

आयोगका अध्यक्ष खनालले दलित भूमिहीनतर्फ तीन हजार ६८१ कित्तामध्ये ८३९ कित्ता वास्तविक कित्ता भएको र त्यसलाई वडा कार्यालयबाट प्रमाणीकरण गरेको उल्लेख गर्दै भूमिहीन सुकुम्बासीतर्फका ६ हजार ७९८ कित्ता रहेको बताए।  बाँकेमा ४३ हजार २२६ कित्ता जग्गामा अव्यस्थित बसोबासी छन्। रासस

प्रकाशित: Mar 31, 2025| 17:31 सोमबार, चैत १८, २०८१
प्रतिक्रिया दिनुहोस्