बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • कृषि कम्पनी विर्तामोडले ८ महिनामा बिक्री गर्‍यो १५ हजार मेट्रिकटन रासायनिक मल

कृषि कम्पनी विर्तामोडले ८ महिनामा बिक्री गर्‍यो १५ हजार मेट्रिकटन रासायनिक मल

 |  सोमबार, चैत १८, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, चैत १८, २०८१

झापा- कृषि सामग्री कम्पनी विर्तामोडले चालु आर्थिक वर्ष २०८१/८२ को आठ महिनामा १५ हजार २९९ मेट्रिकटन रासायनिक मल किसानलाई बिक्री गरेको छ।

National life

झापामा कृषियोग्य जमिन धेरै भएको र एकै याममा विभिन्न प्रकारको बाली लगाउने गरिएको कारण जिल्लामा रासायनिक मलको खपत धेरै हुने गरेको कम्पनीका शाखा प्रमुख दीपककुमार राजवंशीले बताए। उनका अनुसार चालु आवका लागि कम्पनीले झापाका लागि १७ हजार ५०० मेट्रिकटन रासायनिक मल पठाएको थियो। अब शाखामा दुई हजार २०१ मेट्रिकटन मल मौज्दात रहेको छ।

जिल्लाका किसानलाई फागुन मसान्तसम्ममा नौ हजार ८०० मेट्रिकटन युरिया, पाँच हजार १४ मेट्रिकटन डीएपी र चार हजार ८५ मेट्रिकटन पोटास मल बिक्री गरिसकेको कम्पनीले जनाएको छ।

जिल्लामा चालु आवका लागि ११ हजार मेट्रिक टन युरिया, ६ हजार मेट्रिकटन डीएपी र ५०० मेट्रिकटन पोटास मल आएको थियो। 

किसानहरुको माग बढिरहेको र शाखामा मौज्दात कम भएका कारण बैशाखदेखि रासायनिक मलको अभाव हुनसक्ने शाखा प्रमुख राजवंशीले बताए। 'माग धान्ने गरी हामीसँग रासायनिक मल छैन', प्रमुख राजवंशीले भने, 'स्टक राखिएको मल पनि सकिन लाग्यो, बैशाखसम्म धान्न सक्छ।' थप रासायनिक मल बैशाखमा मात्र आउने बताइएको छ । 

Shivam cement

चालु आर्थिक वर्षमा कार्यालयमा लक्ष्यभन्दा बढी बिक्री भइरहेको देखिएको उनले बताए। उनले अब चार हजार मेट्रिकटन मल आउने भए पनि पर्याप्त नहुने जानकारी दिए। उनले जिल्लामा अन्य मलको तुलनामा युरिया मलको माग ह्वात्तै बढेको बताए।

यतिबेला झापामा चैते धान, मकै र चियामा मल लगाउनका लागि किसानहरुले छिमेकी मुलुक भारतका सीमावर्ती बजारबाट लुकीछिपी ल्याउने गरेका छन्। कृषि सामग्री कम्पनी लिमिटेडबाट जिल्लाका १५ वटै पालिकामा तोकिएको सहकारीमार्फत मल वितरण हुँदै आएको छ। रासस

प्रकाशित: Mar 31, 2025| 17:01 सोमबार, चैत १८, २०८१
प्रतिक्रिया दिनुहोस्