NadaNada
बुधबार, भदौ ४, २०८२

आजदेखि टरिगाउँ विमानस्थलमा हवाई सेवा सुरु

 |  सोमबार, चैत १८, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, चैत १८, २०८१

vianetvianet
Metro Mart

तुलसीपुर- आजदेखि दाङको तुलसीपुर–१२ स्थित टरिगाउँ विमानस्थलमा तीन महिनापछि हवाई सेवा सुरु भएको छ। 

अब प्रत्येक सोमबार उडान हुने नेपाल एयरलाइन्सका स्टेसन इञ्चार्ज बलबहादुर सुनारले जानकारी दिP। उनले यात्रुको मागअनुसार उडान थप गर्न पनि सकिने बताए। विमानस्थलमा हवाई सेवा पटक–पटक अवरुद्ध हुँदै आएको छ। यस पटक गत पुस २ गतेदेखि हवाई सेवा अवरुद्ध भएको थियो। 

उक्त विमानस्थलमा नियमित हवाई सेवा नहुँदा यात्रु नेपालगञ्ज वा भैरहवा जानुपर्ने बाध्यता छ। विमानस्थलको धावनमार्ग सानो हुँदा ठूला जहाज बस्न सकेका छैनन्। अहिले १९ सिटे जहाज मात्रै सञ्चालन हुँदा पनि अनियमित हुने हुँदा यात्रु भैरहवा वा नेपालगञ्ज जानुपर्ने अवस्था रहेको छ। हाल विमानस्थलको धावनमार्ग ७५० मिटर रहेको छ। उक्त धावनमार्ग विस्तार गर्नुपर्ने आवाज पटक–पटक उठ्ने गरेको छ।

प्रकाशित: Mar 31, 2025| 18:01 सोमबार, चैत १८, २०८१
प्रतिक्रिया दिनुहोस्

थप समाचार

'क्यानाडा जाने नेपाली विद्यार्थीहरु भ्रममा छन्, यथार्थ बुझ्नुपर्छ'

'क्यानाडा जाने नेपाली विद्यार्थीहरु भ्रममा छन्, यथार्थ बुझ्नुपर्छ'

नेपालबाट गएका धेरैजसो प्लसटु गरेर गएका विद्यार्थीहरू कलेज पढ्न जाँदा ब्याचलरर्स पढ्न भनेर गएको भ्रममा हुन्छन्। उनीहरूले कलेजमा एडमिसन गर्छन्। तर कलेजले ब्याचलरर्स डिग्री दिँदैन,...