बुधबार, पुस ९, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • पहिलोपल्ट नेकपा एसको कार्यालय पुगे ओली, पत्रकार कोइरालालाई दिए श्रद्धाञ्जली

पहिलोपल्ट नेकपा एसको कार्यालय पुगे ओली, पत्रकार कोइरालालाई दिए श्रद्धाञ्जली

 |  सोमबार, चैत १८, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, चैत १८, २०८१

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली पहिलोपटक आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा पुगेका छन्।

National life

हिजो दिवंगत भएका नेकपा एस सम्वद्ध वरिष्ठ पत्रकार तथा लेखक कमल कोइरालालाई अन्तिम श्रद्धाञ्जली दिन ओली त्यहाँ पुगेका हुन्।

प्रधानमन्त्री ओली पुग्दा नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, महासचिव घनश्याम भुसाल लगायतका नेताहरू पनि थिए। ओलीले उनीहरूसँग केहीबेर भलाकुसारी गरेका थिए। त्यसपछि कार्यालयभित्र पसेर गत चैत १५ गते भएको आगजनीबाट पुगेको क्षतिको पनि अवलोकन गरेका थिए।

नेकपा एमालेलाई विभाजित गर्दै २०७८ भदौ २ गते नेकपा एस दर्ता भएको थियो।

प्रकाशित: Mar 31, 2025| 13:45 सोमबार, चैत १८, २०८१
प्रतिक्रिया दिनुहोस्