बिहीबार, असार ४, २०८३

सुनको मूल्य फेरि नयाँ उचाइमा

 |  सोमबार, चैत १८, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, चैत १८, २०८१

काठमाडौं- अन्तरराष्ट्रिय बजारमा भएको सुनको मूल्यवृद्धि, आकाशिदो डलर मूल्य, आन्तरिक माग व्यवस्थापनलगायत कारण स्थानीय बजारमा सुनको मूल्य हरेक दिन नयाँ उचाइ कायम गरिरहेको छ।

National life

गत शुक्रबार हालसम्मकै उच्च अंकमा पुगेको सुनको मूल्य हिजो आइतबार पनि बढेको थियो । आज फेरि नयाँ उचाइमा पुगेको छ ।

आइतबार प्रतितोला रू एक लाख ७६ हजार आठ सय कायम भएको सुनको मूल्य आज तोलामा रू एक हजार एक सय बढेर रू एक लाख ७७ हजार नौ सय कामय भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला रू १० बढेर रू दुई हजार ३५ पुगेको छ ।

अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ११४ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

Shivam cement

प्रकाशित: Mar 31, 2025| 13:04 सोमबार, चैत १८, २०८१
प्रतिक्रिया दिनुहोस्