मंगलबार, साउन १९, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • राप्रपाका सांसदलाई ओलीको कटाक्ष- संविधानको शपथ लिएर त्यही मास्न खोज्ने ?

राप्रपाका सांसदलाई ओलीको कटाक्ष- संविधानको शपथ लिएर त्यही मास्न खोज्ने ?

 |  सोमबार, चैत १८, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, चैत १८, २०८१

काठमाडौं- प्रधानमन्त्री केपी ओलीले राप्रपाका सांसदहरूलाई संविधानअनुसार शपथ लिएर त्यही संविधान मास्ने क्रियाकलापमा नलाग्न चेतावनी दिएका छन्।

प्रतिनिधि सभाको बैठकमा उनले संविधानको शपथ लिएर आउने अनि संविधान मास्ने क्रियाकलापमा लाग्ने ? भनेर प्रश्न गरे।

उनले भने-

अहिले संविधानको रक्षा, जनताले लडेर ल्याएका अधिकारहरूको रक्षा, लोकतन्त्रको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र त्यसको सफल कार्यान्वयनको समय हो। त्यसका लागि सिंगो सदन एक हुनुपर्ने आवश्यकता छ।

हामीले सुनेका छौँ, व्यवस्थाकाविरुद्ध, प्रणालीकाविरुद्ध, लोकतन्त्रकाविरुद्ध, संविधानकाविरुद्ध लर्लकारेर त्यसलाई नै अस्वीकार गर्ने र त्यसका निम्ति विभिन्न प्रकारका असंवैधानिक, गैरकानुनी र समाजलाई नोक्सान पुग्ने गम्भीर आपराधिक क्रियाकलाप गर्नेसम्मका क्रियाकलापहरू भइराखेका छन्। यस्तो बेलामा सिंगै समाज गम्भीर हुनुपर्दछ। यस्तो बेलामा सिंगै समाज गम्भीर भएर यस्ता कुराहरूलाई… हामी जनप्रतिनिधि हौँ।

संविधानको शपथ लिएर आउने अनि संविधान मास्ने क्रियाकलापमा लाग्ने कुरा शपथ विपरीतको कुरा हो। नैतिकता विपरीतको कुरा हो। त्यस कारण शपथ विपरीत जानु हुँदैन। नेपालको संविधानको शपथ हामी सबैले उभिएर लिएका हौँला।

संविधानको शपथ लिने, अनि संविधानको खिलाफ लिने, संविधानभन्दा माथि शपथ कसैले देश र जनताका नाममा लिएका हौँला, कसैले ईश्वरका नाममा लिएका हौँला।

ईश्वरका नाममा शपथ लिएर संविधानको शपथ लिएर, ईश्वरका नाममा शपथ खाएर त्यस विपरीत चल्न मिल्छ नैतिकताले ? त्यसो भएर म सबैको ध्यानाकर्षण गर्न चाहन्छु, हामी एउटा थिति, एउटा मर्यादा, एउटा सामाजिक मर्यादामा बसौँ। अहिले यति नै भनौँ।

प्रकाशित: Mar 31, 2025| 12:55 सोमबार, चैत १८, २०८१
प्रतिक्रिया दिनुहोस्