मंगलबार, साउन १९, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • सत्तारुढ दलकै महामन्त्रीले भने- कुलमान हटाएर सरकारले गल्ती गर्‍यो

सत्तारुढ दलकै महामन्त्रीले भने- कुलमान हटाएर सरकारले गल्ती गर्‍यो

 |  सोमबार, चैत १८, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, चैत १८, २०८१

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विद्युत कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर सरकारले गल्ती गरेको बताएका छन्।

सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै महामन्त्री शर्माले घिसिङलाई बाँकी समय काम गर्न दिनुपर्नेमा सरकारले हटाएर गल्ती गरेको तर्क गरेका हुन्।

शर्माले भने, ‘कुलमान घिसिङलाई बाँकी समय काम गर्न दिनुपर्थ्यो। हामी पनि सत्तारुढको कित्ताबाट भनिरहेका छौं। सरकारले हटाएर गल्ति गरेको छ हामीले भनेका छौं।’

उनले थपे, ‘तर यो विषय अदालतको विषय भइसकेका कारण प्रतिपक्षीले समय माग्यो किन? सभामुखले समय दिनुभयो किन? प्रधानमन्त्रीले अदालतमा छलफलका क्रममा रहेका विषयमा जवाफ दिनुभयो किन?’

 

प्रकाशित: Mar 31, 2025| 12:52 सोमबार, चैत १८, २०८१
प्रतिक्रिया दिनुहोस्