बिहीबार, असार ४, २०८३

बाजुरामा चितुवाको आक्रमणबाट एक बालकको ज्यान गयो

 |  सोमबार, चैत १८, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, चैत १८, २०८१
National life
Shivam cement

बाजुरा- बाजुरामा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ। खप्तड छेडेदह गाउँपालिका–३ धुर्तोलाका ८ वर्षीय विजय रावतको आइतबार साँझ चितुवाको आक्रमणबाट मृत्यु भएको हो। 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देबबहादुर चौधरीका अनुसार घर नजिकै आँगनमा खेलिरहेको अवस्थामा चितुवाले रावतमाथि आक्रमण गरेको हो। उनको घटनास्थलमै ज्यान गएको उनले बताए।
 
मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल बाजुरा  ल्याइएको प्रहरीले जनाएको छ।

प्रकाशित: Mar 31, 2025| 08:47 सोमबार, चैत १८, २०८१
प्रतिक्रिया दिनुहोस्