बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एनएसएलको तयारीमा यामाहा रेजेडआर र काठमाडौं रेजर्सले गरे ट्रफी टुर

एनएसएलको तयारीमा यामाहा रेजेडआर र काठमाडौं रेजर्सले गरे ट्रफी टुर

 |  शुक्रबार, चैत १५, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १५, २०८१

काठमाडौं- पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलको विजेता टिम काठमाडौं रेजर्सले आगामी एनएसएलको तयारीमा ट्रफी टुर गरेको छ। 

National life

काठमाडौं रेजर्सको टाइटल प्रायोजक यामाहा रेजेडआर १२५ एफआई हाइब्रिडले ट्रफी टुर र स्कुटर र्‍याली गर्दै एनएसएल सिजन ३ को सुरुवात गरेको हो।

नक्सालस्थित यामाहा ब्लु स्क्वायरबाट सुरु भएको र्‍याली वसन्तपुर र काठमाडौंका प्रमुख स्थान हुँदै यामाहा ब्लु स्क्वायरमै आएर सकिएको थियो। उत्साही राइडर, फ्यान र टिमका समर्थक सामेल भएको र्‍यालीमा फुटबलको स्पिरिट र यामाहाको नेपाली खेलकुदप्रतिको प्रतिबद्धता स्पष्ट तरिकाले प्रदर्शन भएको कम्पनीको दाबी छ।

र्‍यालीपश्चात् यामाहा ब्लु स्क्वायरमै यामाहाले एनएसएल सिजन ३ मा काठमाडौं रेजर्सको यात्राको सुरुवात गर्दै टिमको आधिकारिक जर्सी अनावरण गरेको थियो। अभिनेत्री प्रियंका कार्की, यामाहा रेजेडआर १२५ एफआईका ग्राहक र मिडियाको उपस्थितिमा गरिएको अनावरण कार्यक्रमले युवा संलग्नता, खेलकुद विकास र नवीनतालाई समर्थन गर्ने यामाहाको प्रतिबद्धतालाई अझ बलियो बनाएको कम्पनीले जनाएको छ।

यामाहा रेजेडआर १२५ एफआई हाइब्रिडले ७१.३३ केएमपिएल (एआरएआई–प्रमाणित) माइलेज र एड्भान्स हाइब्रिड प्रविधिका साथ नेपालमै उच्चतम माइलेज प्रदान गर्ने कम्पनीको दाबी छ। यसमा रियल–टाइम डायग्नोस्टिक्सका लागि ओबिडी–आइआई पनि छ, जसले प्रत्येक राइड कुशल, भरपर्दो र पर्फमेन्स ड्रिभन भएको सुनिश्चित गर्छ।

Shivam cement

 

प्रकाशित: Mar 28, 2025| 13:10 शुक्रबार, चैत १५, २०८१
प्रतिक्रिया दिनुहोस्