बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सिटिजन लाइफद्वारा काठमाडौं बाल अस्पताल निर्माणका लागि ५ लाख सहयोग

सिटिजन लाइफद्वारा काठमाडौं बाल अस्पताल निर्माणका लागि ५ लाख सहयोग

 |  शुक्रबार, चैत १५, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १५, २०८१

काठमाडौं- सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले काठमाडौं बाल अस्पताल निर्माणका लागि पाँच लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ। कम्पनीले यसअघि पनि सो अस्पतालका लागि आर्थिक सहयोग गरेको थियो।

National life

कम्पनीका अध्यक्ष प्रदीप जंग पाण्डे र प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले काठमाडौं इन्स्टीच्युट अफ चाइल्ड हेल्थका अध्यक्ष प्रा. डा. भगवान कोइरालालाई सो रकमको चेक हस्तान्तरण गरेका हुन्।

काठमाडौं बाल अस्पताल निर्माणको उद्देश्य लाखौं नेपाली बालबालिकालाई विशेष गरी निम्न आय भएका परिवारका बालबालिकालाई गुणस्तरीय, किफायती र पहुँचयोग्य स्वास्थ्य सेवा उपलब्ध गराउनु रहेको छ।

सिटिजन लाइफले सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता महत्वपूर्ण परियोजनामा निरन्तर सहकार्य गर्दै आएको जनाएको छ। शिक्षा, स्वास्थ्य र वातावरणजस्ता क्षेत्रमा सक्रिय सहभागिता जनाउँदै आएको कम्पनीले समुदायमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने उद्देश्य राखेको छ।

 

Shivam cement

प्रकाशित: Mar 28, 2025| 13:08 शुक्रबार, चैत १५, २०८१
प्रतिक्रिया दिनुहोस्