बुधबार, असोज १, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • एनसेल एनएसएल: ललितपुर सिटी एफसीको 'पावर्ड बाइ' पार्टनरमा एनसेल

एनसेल एनएसएल: ललितपुर सिटी एफसीको 'पावर्ड बाइ' पार्टनरमा एनसेल

 |  शुक्रबार, चैत १५, २०८१
machha bankmachha bank

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १५, २०८१

vianetvianet

काठमाडौं- शनिबारदेखि सुरु हुन गइरहेको बहुप्रतीक्षित ‘एनसेल नेपाल सुपर लिग’ (एनएसएल) सिजन–३ मा सहभागी ललितपुर सिटी एफसीलाई एनसेलले ‘पावर्ड बाई’ प्रायोजकका रूपमा साथ दिने भएको छ ।

Kumaribank

यस सम्बन्धमा बिहीबार एनसेल र ललितपुर सिटी एफसीले सम्झौता गरेका छन् । ललितपुर सिटी एफसीले एनसेल एनएसएलको आफ्नो पहिलो खेल शनिबार साँझ ६ बजे काठमाडौं रेजर्स एफसीसँग खेल्दै छ ।

यो साझेदारीले ललितपुर सिटी एफसीलाई थप उत्साह र हौसला प्रदान गर्ने विश्वास लिइएको छ । यो सिजनमा ललितपुर सिटी एफसी बाहेक काठमाडौं रेजर्स एफसी, पोखरा थन्डर्स एफसी, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, झापा एफसी र एफसी चितवन गरी नेपालका सात टोली उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन्।

‘एनएसएलसँगको सहकार्य र ललितपुर सिटी एफसीसँगको सम्झौताले एनसेल देशमा खेलकुद तथा युवा प्रतिभा विकासमा सधैं प्रतिबद्ध रहेको स्पष्ट पार्दछ । सबैमा उत्साह जगाउँदै सबैले मन पराउने फुटबल खेलमा आबद्ध हुन पाएकोमा खुसी छौं,’ एनसेलका चीफ कमर्सियल अफिसर उमर मोहसिनले भने ।

एनसेल एनएसएल सिजन–३ ले नेपाली फुटबल खेलाडीलाई उत्कृष्टता हासिल गर्न मद्दत गर्नुका साथै यो खेलको विकासमा महत्त्वपूर्ण योगदान गर्ने विश्वास लिइएको छ।

Metro Mart

शनिबारदेखि सुरु भई १३ वैशाख २०८२ मा समापन हुने यस फ्रेन्चाइज फुटबल प्रतियोगिता एनएसएल सिजन–३ मा एनसेल प्रमुख प्रायोजकका रूपमा पहिला नै आबद्ध भइसकेको छ ।

 

प्रकाशित: Mar 28, 2025| 13:07 शुक्रबार, चैत १५, २०८१
प्रतिक्रिया दिनुहोस्