काठमाडौं- नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। आज सुनको मूल्य प्रतितोला १ हजार ४०० रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन आज प्रतितोला १ लाख ७६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो प्रतितोला १ लाख ७४ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो।
यसअघिको रेकर्ड चैत ६ गते प्रतितोला १ लाख ७६ हजार रुपैयाँ थियो।