बुधबार, पुस ९, २०८२

कुलमान प्रकरणले अवरुद्ध संसद् आज खुल्ला ?

 |  शुक्रबार, चैत १५, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १५, २०८१

काठमाडौं- प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ। बैठक आज बिहान ११ बजे बस्ने गरी हिजो स्थगित भएको थियो। 

National life

बिहीबारको बैठकमा सभामुख देवराज घिमिरेले बैठक सञ्चालनका विषयमा प्रमुख राजनीतिक दलका सचेतकसँग छलफल गरे पनि निष्कर्ष ननिस्केपछि बैठक सूचना टाँस गरेर स्थगन गरिएको थियो। 

बुधबार पनि बैठक चल्न सकेन। नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी) लगायतका विपक्षी दलले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको विषयमा प्रधानमन्त्रीले सदनमा आएर जवाफ दिनुपर्ने माग राखेर संसद् अवरुद्ध गरिरहेका छन्।

प्रधानमन्त्री केपी ओलीले भने यस विषयमा संसद्‍मा जवाफ दिनुपर्ने कुनै जरुरी नभएको तर्क गरिरहेका छन्।

प्रकाशित: Mar 28, 2025| 06:01 शुक्रबार, चैत १५, २०८१
प्रतिक्रिया दिनुहोस्