NadaNada
आइतबार, भदौ १, २०८२

प्रतिनिधिसभाको बैठक शुक्रबार बस्ने

 |  बिहीबार, चैत १४, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १४, २०८१

vianetvianet
Metro Mart

काठमाडौं- प्रतिनिधिसभाको बैठक शुक्रबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ। आज बिहान ११ बजेका लागि तय भएको बैठक अपराह्न २ बजे बस्ने गरी सारिएको थियो।

सभामुख देवराज घिमिरेले बैठक सञ्चालनका विषयमा प्रमुख राजनीतिक दलका सचेतकसँग छलफल गरेपनि निष्कर्ष ननिस्केपछि बैठक सूचना टाँस गरेर शुक्रबार बिहान ११ बजेसम्मका लागि स्थगन गरिएको हो। सङ्घीय संसद् सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेले विशेष कारणले निर्धारित समयमा बैठक बस्न नसक्ने भएकाले सभामुखले समय परिवर्तन गरेको जानकारी दिए।

नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी)लगायतका विपक्षी दलले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट हटाएको विषयमा प्रधानमन्त्रीले सदनमा आएर जवाफ दिनुपर्ने माग राखेका छन्। 

प्रकाशित: Mar 27, 2025| 16:51 बिहीबार, चैत १४, २०८१
प्रतिक्रिया दिनुहोस्