बिहीबार, असार ४, २०८३

वीरगञ्ज नाकाबाट झण्डै चार खर्बको सामान आयात

 |  बिहीबार, चैत १४, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १४, २०८१

पर्सा- वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको आठ महिनामा तीन खर्ब ९० अर्ब १८ करोड रूपैयाँ मूल्य बराबरको वस्तु तथा सामान भित्रिएको छ। 

National life

गत आवको आठ महिनाको तुलनामा चालु आवको सोही अवधिमा आयात ११ दशमलव ४० प्रतिशत अर्थात् ३९ अर्ब ९२ करोड बढीका सामान भित्रिएका हुन्। गत आवको आठ महिनामा तीन खर्ब ५० अर्ब २६ करोड रूपैयाँ मूल्य बराबरका वस्तु तथा सामान भित्राइएका थियो।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दिपक लामिछानेले चालु आवमा पेट्रोलियम पदार्थ, भटमासको कच्चा तेल र सवारीसाधनको आयातमा उल्लेखनीय रूपमा वृद्धि भएको जानकारी दिए।

उनका अनुसार चालु आवको आठ महिनामा एक खर्ब २२ अर्ब २० करोड रूपैयाँ मूल्य बराबरको विभिन्न पाँच किसिमका पेट्रोलियम पदार्थ आयात भएको छ। गत आवको सोही समयमा भने एक खर्ब २० अर्ब ५३ करोड रूपैयाँ मूल्य बराबरको पेट्रोलियम पदार्थको आयात भएको थियो।

यो नाका हुँदै चालु आवको आठ महिनामा २९ अर्ब २९ करोड रूपैयाँ मूल्य पर्ने भटमास तेलको कच्चा पदार्थ आयात भएको छ। गत आवको पनि सोही समयमा भटमासको कच्चा पदार्थ पाँच अर्ब ७८ करोड रूपैयाँ मूल्य बराबरको भित्रिएको थियो। चालु आवको आठ महिनामा २२ अर्ब ५१ करोड रूपैयाँ मूल्य पर्ने फलाम तथा फलामका सामग्री आयात भएकामा गत आवको सोही अवधिमा २१ अर्ब ९४ करोड रूपैयाँ मूल्य बराबरको आयात भएको थियो।

Shivam cement

चालु आवको आठ महिनामा २१ अर्ब ६७ करोड रूपैयाँ मूल्य पर्ने मेसिनरी तथा पार्टपुजा आयात भएको छ भने गत आवमा १८ अर्ब ६५ करोड रूपैयाँ मूल्य पर्ने सोही सामान आयात भएको थियो।

चालु आवको आठ महिनामा ११ अर्ब ६८ करोड रूपैयाँ मूल्य बराबरका यातायातका सवारीसाधन आयात भएका छन्।

गत आवको सोही अवधिमा १० अर्ब १० करोड रूपैयाँ मूल्य पर्ने सवारीसाधन आयात भएका भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक लामिछानेले जानकारी दिए। रासस

प्रकाशित: Mar 27, 2025| 17:01 बिहीबार, चैत १४, २०८१
प्रतिक्रिया दिनुहोस्