बुधबार, पुस ९, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • आन्तरिक राजस्व कार्यालय तनहुँमा ८ अर्ब ३१ करोड ९१ लाख राजस्व असुली

आन्तरिक राजस्व कार्यालय तनहुँमा ८ अर्ब ३१ करोड ९१ लाख राजस्व असुली

 |  बिहीबार, चैत १४, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १४, २०८१

डुम्रे- तनहुँस्थित आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा रु आठ अर्ब ३१ करोड ९१ लाख राजस्व असुली गरेको छ। यो रकम निर्धारित लक्ष्यमा एक प्रतिशतले कम हो।

National life

कार्यालयलाई रु आठ अर्ब ४० करोड १७ लाख राजस्व असुली गर्ने लक्ष्य दिइएकामा ९९ प्रतिशत लक्ष्य पूरा भएको उक्त कार्यालयका प्रमुख लालबहादुर खत्रीले बताए।

कार्यालयले चालु आवमा रु १४ अर्ब ९३ करोड ५४ लाख ६९ हजार असुली गर्ने लक्ष्य लिएको छ।

तनहुँ कार्यालयमा २५ हजार करदाता करको दायरमा समाहित छन्। यहाँ लमजुङ, गोर्खा र मनाङका उद्यमी–व्यवसायीले पनि राजस्व दाखिला गर्दै आएका छन्।

प्रकाशित: Mar 27, 2025| 07:42 बिहीबार, चैत १४, २०८१
प्रतिक्रिया दिनुहोस्