बुधबार, पुस ९, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • कुलमानको विषयमा प्रतिपक्षीले मागे प्रधानमन्त्रीको जवाफ, ओली भन्छन् - आवश्यक छैन

कुलमानको विषयमा प्रतिपक्षीले मागे प्रधानमन्त्रीको जवाफ, ओली भन्छन् - आवश्यक छैन

 |  बुधबार, चैत १३, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, चैत १३, २०८१

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको बिषयमा जवाफ दिन आवश्यक नरहेको बताएका छन्।

National life

राष्ट्रिय युवा संघ नेपालले बुधबार काठमाडौंमा आयोजना गरेको राष्ट्रिय स्वयंसेवक भेलामा प्रधानमन्त्री ओलीले सरकारले एउटा कर्मचारीलाई हटाउँदा केहीले छाती पिटीपिटी रोएको टिप्पणी गरे। एक जनालाई हटाएर अर्कोलाई नियुक्ति गर्नु नै प्रधानमन्त्रीको जवाफ भएको उनको भनाइ थियो। प्रधानमन्त्री ओलीले अरुलाई सहयोग हुने गरी जसलाई भन्यो त्यसैलाई नियुक्ति गर्ने काम सरकारको नभएको जिकिर गरे।

सरकारले कुलमानलाई हटाएको विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग राखेर प्रतिपक्षी दलहरुले आज संसद्‍का दुवै सदन अवरुद्ध गराएका छन्।

 प्रधानमन्त्री ओलीले भने विपक्षी दलहरूको मागबमोजिम संसद्मा गएर जवाफ नदिने अडान लिएका छन् ।

 

Laxmi sunrise bank
kumari

प्रकाशित: Mar 26, 2025| 17:13 बुधबार, चैत १३, २०८१
प्रतिक्रिया दिनुहोस्