बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • भूमिसम्बन्धी अध्यादेशबाट पछि हट्यो सरकार, नियमित विधेयकको रुपमा पेस गर्ने

भूमिसम्बन्धी अध्यादेशबाट पछि हट्यो सरकार, नियमित विधेयकको रुपमा पेस गर्ने

 |  बुधबार, चैत १३, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, चैत १३, २०८१
National life
Shivam cement

काठमाडौं- नेपाली कांग्रेस र नेकपा एमालेसहितको दुईतिहाइ बहुमत नजिकको सरकार अन्तत: विवादमा परेको भूमिसम्बन्धी अध्यादेशबाट ‘ब्याक’ भएको छ। सत्तारुढ दलहरूको बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले भूमिसम्बन्धी अध्यादेशलाई अगाडि बढाउन नसकिने निष्कर्ष निकालेको हो।

बैठकमा सहभागी नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले भूमिसम्बन्धी अध्यादेशका सम्बन्धमा नयाँ विधेयक मस्यौदा अघि बढाउने बारेमा निष्कर्ष निकालेको बताए। उनले भने, ‘जसपा नेपालका भूमिसम्बन्धी अध्यादेशका विषयमा केही चासो थिए। त्यो कुरालाई बैठकमा प्रधानमन्त्री ज्यूले स्पष्ट पार्नुभयो। त्यही स्पष्टताका साथ विधेयकमा व्यवस्था गर्ने कुरा भयो। लगभग सहमतिको चरणमा पुगेका छौँ।’

बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सिके राउत, जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राई, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठलगायत उपस्थित थिए।

प्रकाशित: Mar 26, 2025| 15:50 बुधबार, चैत १३, २०८१
प्रतिक्रिया दिनुहोस्