बिहीबार, जेठ ८, २०८२

कुलमान प्रकरणले स्थगित संसद् बैठक बिहीबार बस्ने

 |  बुधबार, चैत १३, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, चैत १३, २०८१

vianetvianet
National life insurance

काठमाडौं- प्रतिनिधिसभाको आजको बैठक स्थगन भएको छ। आज बसेको पहिलो बैठक अवरुद्ध भएपछि केही समयका लागि स्थगन भएको थियो। दोस्रो पटक बसेको बैठक पनि प्रतिपक्षी दलका सांसदहरुले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले उक्त बैठक बिहीबार बस्ने जानकारी दिए। 

यसअघि सभामुख घिमिरेले पटक–पटक सदन सञ्चालनको वातावरण बनाउन प्रतिपक्षी दलका सांसदहरुलाई अनुरोधसहितको रुलिङ गरेका थिए।  आजको बैठकको प्रारम्भमै प्रतिपक्षी दलका सांसदहरुले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट सरकारले बर्खास्त गरेको विषयप्रति विरोध जनाउँदै बैठक अवरोध गरेका थिए। उनीहरुले यसबारे प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा जवाफ दिनुपर्ने माग गर्दै संसद अवरुद्ध गरेका थिए। 

प्रतिनिधिसभाको बैठक बिहीबार ११ बजे बस्ने तय भएको छ। 

प्रकाशित: Mar 26, 2025| 15:44 बुधबार, चैत १३, २०८१
प्रतिक्रिया दिनुहोस्