सोमबार, वैशाख २८, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • सिंगो प्रतिपक्षको विरोध हुँदा संसद् चलाउन उपयुक्त हुँदैन भन्दै सभामुखले स्थगित गरे बैठक

सिंगो प्रतिपक्षको विरोध हुँदा संसद् चलाउन उपयुक्त हुँदैन भन्दै सभामुखले स्थगित गरे बैठक

 |  बुधबार, चैत १३, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, चैत १३, २०८१

सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको बैठक स्थगित गरेका छन्। प्रतिपक्षी दलका सांसदहरुले उठेर विरोध गरेपछि बैठक स्थगित भएको हो।

National life

सरकारले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको विरोधमा प्रतिपक्षी दलहरुले संसद् अवरुद्ध गरेका हुन्।

बुधबारको बैठक सुरू हुनेबित्तिकै माओवादी, रास्वपा, राप्रपा, एकीकृत समाजवादीलगायत विपक्षी दलका सांसद उठेर विरोध गरेका थिए।

त्यसपछि सभामुख देवराज घिमिरेले माओवादी सांसद शक्तिबहादुर बस्नेतलाई बोल्न समय दिए। उनले घिसिङलाई हटाउने निर्णय भएकोमा विरोध गर्दै यसबारे प्रधानमन्त्रीले जवाफ नदिएसम्म सदन चल्न नसक्ने भनेपछि विपक्षी सांसदहरु सबै उठेका थिए।

सभामुखले बारम्बार आग्रह गर्दा पनि सांसदहरु नबसेपछि बैठक स्थगित भएको हो।

प्रकाशित: Mar 26, 2025| 11:53 बुधबार, चैत १३, २०८१
प्रतिक्रिया दिनुहोस्