बुधबार, असोज १, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • गभर्नर बन्न नबिलबाट बाहिरिए ढुंगाना, कामु सीईओमा मनोज ज्ञवाली

गभर्नर बन्न नबिलबाट बाहिरिए ढुंगाना, कामु सीईओमा मनोज ज्ञवाली

 |  बुधबार, चैत १३, २०८१
machha bankmachha bank

नेपाल समय

नेपाल समय

बुधबार, चैत १३, २०८१

vianetvianet

काठमाडौं- नबिल बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ)को जिम्मेवारी मनोज ज्ञवालीले पाएका छन्।

Kumaribank

सीईओ ज्ञानेन्द्र ढुंगानाको राजीनामा स्वीकृत भएसँगै ज्ञवालीले कामु सीईओको जिम्मा पाएका हुन्।

आज बसेको बैंकको सञ्चालक समितिको बैठकले ढुंगानाको राजीनामा स्वीकृत गर्दै वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत रहेका ज्ञवालीलाई कामु सीईओको जिम्मेवारी दिएको हो।

ढुंगानाले १० गतेदेखि लागु हुने गरी राजीनामा दिएका थिए। उनले गभर्नरका लागि प्रतिस्पर्धा गर्न राजीनामा दिएका हुन्। सरकारले राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि हालै सिफारिस समिति गठन गरेको छ।

प्रकाशित: Mar 26, 2025| 11:30 बुधबार, चैत १३, २०८१
प्रतिक्रिया दिनुहोस्