बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एभरेष्ट बैंकको ग्लोबल मनी विक अन्तर्गतका कार्यक्रम सम्पन्न

एभरेष्ट बैंकको ग्लोबल मनी विक अन्तर्गतका कार्यक्रम सम्पन्न

 |  बुधबार, चैत १३, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, चैत १३, २०८१

काठमाडौं- नेपाल राष्ट्र बैंकको संयोजनमा विगत वर्षहरूजस्तै यस वर्ष पनि एभरेष्ट बैंकले चैत ४ गतेदेखि सप्ताहव्यापी अभियान अन्तर्गत ग्लोबल मनी विक–२०२५ को उपलक्ष्यमा देशभर वित्तीय साक्षरता कार्यक्रमहरू सम्पन्न गरेको छ।

National life

उक्त कार्यक्रम अन्तर्गत बैंकले ७ वटै प्रदेशका विभिन्न शाखा मार्फत विभिन्न स्कुल/क्याम्पसहरूमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरी झण्डै ३००० हजार भन्दा बढी विद्यार्थीहरूबीच वित्तीय साक्षरता सन्देश दिन सफल भयको छ।

उक्त कार्यक्रममा केही विद्यार्थीहरूलाई बैंकको शाखा समेत अवलोकन गराई बैंकले दिने सेवा सम्बन्धी जानकारी गराइएको छ।

'थिंक बिफोर यु फोलो, वाइज मनी टुमरो' भन्ने नाराका साथ सम्पन्न गरिएको विभिन कार्यक्रमहरूमा युवाहरूमा वित्तीय ज्ञान, सीप, मनोवृत्ति, वित्तीय समावेशीकरण, वित्तीय सचेतना, सुरक्षित डिजिटल कारोबार, बैंकहरूले दिने सेवा र यसमा अपनाउनु पर्ने सावधानीका विषयहरूमा सचेतना कार्यक्रम आयोजना गरिएको थियो।

बैंकका १३१ शाखा सञ्जाल, ४ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरू र १६७ एटिएम छन्।

Shivam cement

 

प्रकाशित: Mar 26, 2025| 11:11 बुधबार, चैत १३, २०८१
प्रतिक्रिया दिनुहोस्