बुधबार, असोज १, २०८२

वीरगञ्ज महानगरद्वारा ३३ करोड ५६ लाख राजस्व संकलन

 |  बुधबार, चैत १३, २०८१
machha bankmachha bank

नेपाल समय

नेपाल समय

बुधबार, चैत १३, २०८१

vianetvianet

वीरगञ्ज- वीरगञ्ज महानगरले चालु आर्थिक वर्षको आठ महिनामा रु ३३ करोड ५६लाख ८७ हजार सात सय ७८ राजस्व सङ्कलन गरेको छ।

Kumaribank

महानगरले गत आवको सोही अवधिको तुलनामा रु ३६ लाख ४१ हजार १६१ बढी राजस्व सङ्कलन गरेको हो।

वीरगञ्ज महानगरपालिका राजस्व महाशाखा प्रमुख मनोज कर्णले चालु आवको आठ महिनामा वार्षिक लक्ष्यको ४० प्रतिशतको हाराहारीमा राजस्व सङ्कलन भएको जानकारी दिए।

महानगरले सम्पत्ति करबापत रु १२ करोड ११ लाख ९७ हजार र पूर्वाधार सेवाको कर उपभोगमा लाग्ने करबापत रु एक करोड ६८ लाख सङ्कलन गरेको छ।

प्रकाशित: Mar 26, 2025| 08:02 बुधबार, चैत १३, २०८१
प्रतिक्रिया दिनुहोस्