मंगलबार, साउन १९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • पूर्वीनाका काँकडभिट्टाबाट १२ अर्ब ६४ करोडको पेट्रोलिय आयात

पूर्वीनाका काँकडभिट्टाबाट १२ अर्ब ६४ करोडको पेट्रोलिय आयात

 |  बुधबार, चैत १३, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, चैत १३, २०८१

भद्रपुर- चालु आर्थिक वर्ष २०८१/८२ को आठ महिनामा पूर्वीनाका काँकडभिट्टाबाट रु १२ अर्ब ७४ करोड १६ लाख मूल्य बराबरको पेट्रोलिय पदार्थ आयात भएको छ। पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ तथा मट्टितेल आयात भएको हो।

गत आवको आठ महिनाको तुलनामा चालु आवको सोही अवधिमा रु ६४ करोड १७ लाख ५९ हजारले पेट्रोलियम पदार्थको आयातमा कमी आएको छ। गत आवको आठ महिनामा रु १३ अर्ब ३८ करोड ३३ लाखको पेट्रोलियम पदार्थ आयात भएको थियो। मेची भन्सार कार्यालय काँकडभिट्टाका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले पेट्रोलियम पदार्थको आयात घटे पनि राजस्व बढेको बताए।

कार्यालयको तथ्याङ्कानुसार चालु आवका आठ महिनामा पेट्रोलिय पदार्थको आयातबाट रु छ अर्ब १२ करोड ४२ लाख राजस्व सङ्कलन भएको छ। जुन गत आवको सोही अवधिको तुलनामा पाँच दशमलव छ प्रतिशतले बढी हो। गत आव २०८०/८१ को आठ महिनामा रु पाँच अर्ब ८० करोड १८ लाख राजस्व सङ्कलन भएको थियो।

प्रकाशित: Mar 26, 2025| 07:09 बुधबार, चैत १३, २०८१
प्रतिक्रिया दिनुहोस्