मंगलबार, साउन १९, २०८३

'कांग्रेस-एमाले-माओवादीले नै राजा ल्याउने माहोल बनाउँदैछन्'

 |  मंगलबार, चैत १२, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १२, २०८१

काठमाडौं- जनमत पार्टीका अध्यक्ष सीके राउतले प्रमुख तीन दल नै राजा ल्याउने षड्यन्त्रमा लागेको बताएका छन्। सरकारले कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएपछि उनले यस्तो बताएका हुन्।

सामाजिक सञ्जालमा राउतले भनेका छन्-
मलाई मात्रै यस्तो लागेको हैन होला- संवेदनशील भएर जानुपर्नेमा देशमा लोकप्रिय रहेका/भइरहेका सबैमाथि एक-एक गरी हमला गर्दै नेपाली कांग्रेस, नेकपा (एमाले) र माओवादीले नै 'बर्डेन शिफ्टिङ' का लागि राजा ल्याउने गरी माहौल बनाउँदै षड्यन्त्र गरेका हुन् कि?

कुलमान घिसिङलाई बर्खास्त गरेको, सभापति रवि लामिछाने र रास्वपालाई अदालतमै बाँधिदिएको, राजावादीहरूको आन्दोलनलाई धेरै महत्व दिएर सरकारले नै माहौल बनाइदिएको, अझ पूर्व राजालाई पक्राउ गर्ने भ्रमपूर्ण हल्ला फिँजाएर केही जनतालाई झन् आक्रोशित बनाएको, चैत्र १५ गते समाजवादी मोर्चाले प्रदर्शन गर्ने भनेर मुठभेडको वातावरण बनाइदिएको, बालेनलाई भित्तामा पुर्‍याउने गरी चिढ्याएको, मधेश र थरूहटबाट उदाएका शक्तिहरूलाई मेटाउने गरी विधेयक ल्याउन लागेको।'

प्रकाशित: Mar 25, 2025| 11:19 मंगलबार, चैत १२, २०८१
प्रतिक्रिया दिनुहोस्