बुधबार, पुस ९, २०८२

नेप्सेको सीईओमा लुइँटेल नियुक्त

 |  सोमबार, चैत ११, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, चैत ११, २०८१

काठमाडौं- सरकारले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नारदकुमार लुइँटेललाई नियुक्त गरेको छ। 

National life

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लुइँटेललाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।

सीईओका लागि १० जनाको आवेदन परेकामा छनोट समितिले पहिलो चरणमा लुइँटेलसहित चूडामणि चापागाईं, पूर्णप्रसाद आचार्य, बद्रीप्रसाद प्याकुरेल र हेमन्त बस्याललाई छानेको थियो। तीमध्ये तीन जनाको नाम सिफारिस गरिएकामा मन्त्रिपरिषद्‍ले लुइँटेललाई नियुक्त गरेको हो।

नेप्सेको सीईओ छान्न अर्थ मन्त्रालयले छनोट समिति गठन गरेको थियो। सहसचिव सेवन्तक पोखरेलको संयोजकत्वमा गठित समितिमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल र विज्ञ सदस्यका रूपमा खोमराज खरेल सदस्य छन्।

प्रकाशित: Mar 24, 2025| 20:36 सोमबार, चैत ११, २०८१
प्रतिक्रिया दिनुहोस्