काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल गर्न शीतल निवास पुगेका छन्।
शीतल निवासमा अहिले अध्यक्ष प्रचण्ड र राष्ट्रपति पौडेलबीच छलफल भइरहेको छ।
आज नै उनले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गर्दैछन्।
पछिल्लो समय पूर्वराजा ज्ञानेन्द्र शाहसँगै राजावादीहरु सक्रिय भएपछि गणतान्त्रिक मोर्चाबन्दीको चर्चा चलिरहेको छ।