मंगलबार, साउन १९, २०८३

दिक्तेलमा सिटिजन्स बैंकको शाखा विस्तार

 |  सोमबार, चैत ११, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, चैत ११, २०८१

काठमाडौं- सिटिजन्स बैंक इन्टरनेसनलले खोटाङको दिक्तेलस्थित रुपाकोट मझुवागढी नगरपालिका–१ मा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ।

दिक्तेल शाखाबाट सेवाग्राहीलाई अत्याधुनिक बैंकिङ सेवा उपलब्ध गराइने बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले जानकारी दिए।

बैंकले दिक्तेल शाखा सञ्चालन अवसरमा खाता खोल्दा पहिलो वर्षका लागि कर्पोरेट मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ सेवा निःशुल्क उपलब्ध गराउनेछ । डिम्याट खाता लाग्ने शुल्कमा पनि एक वर्षका लागि छुट दिनेछ।

हाल बैंकले २ सय शाखाबाट बैंकिङ सेवा दिँदै आएको छ।

प्रकाशित: Mar 24, 2025| 11:28 सोमबार, चैत ११, २०८१
प्रतिक्रिया दिनुहोस्