बुधबार, पुस ९, २०८२

प्रोटोनले ल्यायो नयाँ प्रोटोन ई.एमएएस ७

 |  सोमबार, चैत ११, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, चैत ११, २०८१

काठमाडौं- प्रोटोनले विद्युतीय सवारी साधन प्रोटोन ‘ई.एमएएस७’ लाई नेपालमा आधिकारिक रूपमा सार्वजनिक गरेको छ। शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै उक्त सवारी साधन नेपाली बजार भित्रिएको जानकारी गराइएको हो।

National life

कम्पनीका अनुसार यो नवप्रवर्तनकारी मोडेलले हरियो र स्मार्ट मोबिलिटीको नयाँ युगको प्रतिनिधित्व गर्दछ। जुन नेपालमा वातावरणमैत्री यातायात समाधानहरूको बढ्दो माग पूरा गर्न तयार छ। प्रोटोन ‘ई.एमएएस७’ दुई ट्रिम लेभलहरू प्राइम र प्रिमियममा उपलब्ध छ र पाँच रंगमा आउँछ। प्लाटिनम सिल्भर, टक्र्वोइज ग्रीन, स्लेट ग्रे, क्वाट्र्ज रोज र लिथियम ह्वाइट छन्।

उद्घाटन समारोहमा जगदम्बा मोटर्स प्रालिका कार्यकारी निर्देशक अखिल गुप्ताले नेपाल दिगो यातायाततर्फ अघि बढिरहेको बेला, हाम्रो लक्ष्य उच्च प्रदर्शनयुक्त र वातावरणमैत्री सवारी प्रदान गरिने बताए। नेपालका लागि प्रोटोनको स्थानीय वितरक जगदम्बा मोटर्सले आगामी आर्थिक वर्षमा नेपालभरि आफ्नो डिलरशिप संख्या विस्तार गर्ने र बलियो सेवा केन्द्र नेटवर्क स्थापना गर्ने योजना बनाएको छ।

साथै, प्रोटोनले नेपालमा विद्युतीय सवारीका लागि चार्जिङ स्टेशन पूर्वाधार विकासमा पनि लगानी गर्ने कम्पनीले जनाएको छ। प्रोटोन ‘ई–मास ७’ नेपाली बजारमा दुई भेरियन्ट-प्राइम र प्रिमियममा उपलब्ध गराइएको छ। कम्पनीका अनुसार यसको सुरुवाती मूल्य ५६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। उपभोक्ताले यो गाडी छ वटा आकर्षक रङमा प्राप्त गर्न सक्नेछन्।

 

Laxmi sunrise bank
kumari

प्रकाशित: Mar 24, 2025| 11:27 सोमबार, चैत ११, २०८१
प्रतिक्रिया दिनुहोस्