बिहीबार, असार ४, २०८३

फोटोन गाडी एक करोड युनिट बिक्री

 |  सोमबार, चैत ११, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, चैत ११, २०८१

काठमाडौं- फोटोनले विश्वभर एक करोड युनिट बिक्री गर्ने महत्वपूर्ण उपलब्धि हासिल गर्दै व्यावसायिक सवारी साधन बिक्रीको इतिहास रचेको छ। 

National life

फोटोनले आफ्नो उपस्थिति विश्वभर फैलाउँदै डिजिटल प्रविधि प्रयोग गरी व्यावसायिक सवारी साधनको आपूर्तिमा नयाँस्तर कायम गरिरहेको छ। कम्पनीका अनुसार उच्च गुणस्तर र अत्याधुनिक प्रविधिको प्रयोगले फोटोनका ट्रक, बस तथा विशेष सवारी उद्योगहरूको पहिलो रोजाइ बन्न पुगेका छन्।

उत्कृष्ट सवारी साधन निर्माणमात्र नभई आपूर्ति शृंखला एकीकरण, रोजगारी सिर्जना र यातायात सञ्जाल विस्तारमार्फत् अर्थतन्त्रलाई सशक्त बनाउने काम पनि फोटोनले गरिरहेको छ। फोटोनले दिगो र प्रभावकारी यातायात प्रविधिमा अग्रसर भई नयाँ खोज तथा विकासमार्फत् आधुनिक, उच्च प्रदर्शन गर्ने व्यावसायिक सवारीहरू निर्माण गरिरहेको छ। 

एक करोड युनिट बिक्री र आगामी दिनका लागि दृढ लक्ष्यसहित फोटोनले व्यावसायिक सवारी साधन क्षेत्रमा विश्वव्यापीस्तरमा नयाँ उचाइ हासिल गरिरहेको कम्पनीको भनाइ छ।

 

Shivam cement

प्रकाशित: Mar 24, 2025| 11:26 सोमबार, चैत ११, २०८१
प्रतिक्रिया दिनुहोस्