बिहीबार, असार ४, २०८३

पोखरामा सानिमा रिलायन्स लाइफको रक्तदान कार्यक्रम

 |  सोमबार, चैत ११, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, चैत ११, २०८१

काठमाडौं- सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको आठौं बार्षिकोत्सबको अवसरमा प्रादेशीक कार्यलय पोखराले, पोखरा न्यूरोडमा खुला रक्तदान कार्यक्रम आयोजना गरेको छ।

National life

नेपाल रेडक्रस सोसाइटी, रक्त संचार सेवा, कास्कीको प्राबिधिक सहयोगमा भएको उक्त कार्यक्रममा ३९ युनिट रगत संकलन भएको थियो। उक्त कार्यक्रमका प्रमुख अतिथी नेपाल बीमा प्राधिकरण, गण्डकी प्रदेशका प्रमुख, केशव प्रसाद दाहालले जीवन बीमा गराउदा बीमितको आम्दानीलाई ध्यान दिएर बीमा गराउनु पर्नेमा जोड दिए।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडका चिफ विजनेश अफिसर सन्दीप कसजुले यस संस्थाले ग्राहकका लागी उत्कृष्ट बीमा योजना उपलब्ध गर्नुका साथै सामाजीक क्षेत्रका कार्यलाई पनि निरन्तरता दिने बताए।

साथै यस संस्थाका गण्डकी प्रादेश प्रमुख बिनोद प्रसाद त्रिपाठीले सम्पूर्ण सहयोगी तथा रक्तदातालाई स्वागत तथा धन्यवाद मन्तव्य राखेका थिए।

 

Shivam cement

प्रकाशित: Mar 24, 2025| 11:25 सोमबार, चैत ११, २०८१
प्रतिक्रिया दिनुहोस्