बुधबार, असोज १, २०८२

विश्व पानी दिवसको अवसरमा सिद्धार्थ बैंकको वाकाथन

 |  सोमबार, चैत ११, २०८१
machha bankmachha bank

नेपाल समय

नेपाल समय

सोमबार, चैत ११, २०८१

vianetvianet

काठमाडौं- सिद्धार्थ बैंकले ‘वाक फर वाटर, वाक फर लाइफ’ प्रभातफेरी कार्यक्रम (वाकाथन) सम्पन्न गरेको छ। सिद्धार्थ बैंकले विश्व पानी दिवसको अवसरमा पहिलो पटक यो कार्यक्रम आयोजना गरेको हो।

Kumaribank

सिद्धार्थ बैंकले दिगो विकासका लक्ष्यलाई आत्मसात गर्दै आफ्नो बैंकिङ कारोबार तथा प्रक्रियालाई सोहीअनुरूप गर्दै आएको छ।

यसै क्रममा बैंकले पर्यावरणीय, सामाजिक तथा सुशासन (ईएसजी) मान्यताहरूलाई अवलम्बन गरी वित्तीय सेवामा दिगोपन सुनिश्चित गर्न विविध नीति तथा कार्यक्रमहरू समेत लागू गरिसकेको छ।

हरित वित्त, आधुनिक डिजिटल बैंकिङ तथा सामाजिक उत्तरदायित्वका पहलहरुमार्फत बैंक वित्तीय पहुँच विस्तार गर्न सदैव तत्पर छ भने पुनर्नवीकरणीय ऊर्जा, वातावरणमैत्री लगानी तथा जिम्मेवार बैंकिङ अभ्यासलाई प्राथमिकता दिँदै, दिगो आर्थिक वृद्धिमा योगदान पु¥याउन पनि बैंक प्रतिवद्ध रहेको छ।

संयुक्त राष्ट्र सङ्घले सन् १९९३ देखि हरेक वर्ष २२ मार्चमा विश्व पानी दिवस मानउँदै आएको छ। यस दिवसको उद्देश्य दिगो विकास लक्ष्य (एसडीजी) अन्तर्गत ’सबैका लागि पानी र सरसफई सुनिश्चित गर्न योगदान पु¥याउनु हो। यस अवधिमा पानीको महत्त्वबारे जनचेतना फैलाउने विभिन्न अभियान सञ्चालन गरिन्छ।

Metro Mart

यस क्रममा बैंकले आफ्नो दिगो बैंकिङ उद्देश्यलाई थप सार्थक बनाउन र जनमानसमा पानीको महत्त्वको बारे जनचेतना फैलाउनका लागि ‘वाक फर वाटर, वाक फर लाइफ’ वाकाथन कार्यक्रम आयोजना गरेको हो। पानी पृथ्वीमा जीवनको आधार हो।

यस वर्षको विश्व पानी दिवसको मुल एजेण्डा हिमनदी संरक्षण रहेको छ। हिमनदी संरक्षण भनेको पृथ्वीको दीर्घकालीन अस्तित्व सुरक्षित गर्नु हो। हिमनदीहरूबाट प्राप्त पानी पिउन, कृषि, उद्योग, ऊर्जा उत्पादन तथा पारिस्थितिक सन्तुलनका लागि अत्यावश्यक छ।

कार्यक्रम उद्घाटन गर्ने क्रममा सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुन्दरप्रसाद कँडेलले नेपालजस्तो हिमाली मुलुकमा हिमनदीहरु पग्लिनु गम्भीर समस्या भएको बताउँदै यसको संरक्षणलाई राष्ट्रिय अन्तर्राष्ट्रिय मुद्दाका रुपमा अघि बढाउनु पर्ने धारणा राखे।

बैंकले आयोजना गरेको यस ५ कि.मी. लामो प्रभातफेरी कार्यक्रम नक्साल नारायणचौरबाट हात्तीसार, पुतलीसडक, बागबजार, रत्नपार्क, जमल, दरबारमार्ग, गैरिधारा हुँदै पुनः नक्सालसम्म आइ सम्पन्न भएको थियो।

कार्यक्रममा बैंकका कर्मचारीलगायत विभिन्न सरोकारवालाहरू गरी ६५६ जना व्यक्तिहरूको सहभागिता रहेको थियो।

 

प्रकाशित: Mar 24, 2025| 11:24 सोमबार, चैत ११, २०८१
प्रतिक्रिया दिनुहोस्