बुधबार, पुस ९, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • टिकटक बन्यो नेपाल सुपर लिगको अफिसियल इन्टरटेनमेन्ट पार्टनर

टिकटक बन्यो नेपाल सुपर लिगको अफिसियल इन्टरटेनमेन्ट पार्टनर

 |  सोमबार, चैत ११, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, चैत ११, २०८१

काठमाडौं- आगामी १६ चैतदेखि सुरु हुने नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनमा टिकटक अफिसियल इन्टरटेनमेन्ट पार्टनर बनेको छ। दशरथ रंगशालामा एक महिनासम्म सञ्चालन हुने यस प्रतियोगितामा टिकटक जोडिएको हो।

National life

साझेदारी अनुसार यस फुटबल महोत्सवलाई टिकटकमार्फत थप अन्तरक्रियात्मक बनाइनेछ। प्रयोगकर्ताहरूले आफ्नो मनपर्ने टिम, खेलाडी तथा म्याच डे इभेन्टहरूबारे छलफल गर्न र कन्टेन्ट सिर्जना गर्नसक्ने बताइएको छ।


फ्यानहरू #NSL र #NepalSuperLeague जस्ता ह्यासट्यागमार्फत प्रतियोगितासँग जोडिन सक्नेछन्। साथै, #CelebrateFootball ह्यासट्यागले विशेष खेल क्षणहरू तथा बिहाइन्ड-द-सिन कन्टेन्टहरू प्रस्तुत गर्नेछ।

टिकटक दक्षिण एसियाकी कन्टेन्ट अपरेसन प्रमुख पूजा दत्ताले भनिन्, “एनएसएल थ्रीको अफिसियल इन्टरटेनमेन्ट पार्टनर बन्न पाउँदा हामी उत्साहित छौं। टिकटक नेपालमा खेलकुद कन्टेन्टको महत्त्वपूर्ण केन्द्र बनिसकेको छ।  यस साझेदारीले फ्यानहरूलाई डिजिटल माध्यममार्फत नयाँ अनुभव प्रदान गर्नेछ।”


एनएसएलका प्रबन्ध निर्देशक श्रेयान्स कार्कीले भने, “फुटबल केवल खेल मात्र होइन, यो भावना, समाज र साझा अनुभवको प्रतीक हो। टिकटकमार्फत हामी फ्यानहरूलाई लिगको उत्साहमा सहभागी गराउन उत्साहित छौं।”

Laxmi sunrise bank
kumari

एनसेल एनएसएलका सबै विशेष कन्टेन्ट तथा अपडेटहरूका लागि टिकटकमा @nepalsuperleague फलो गर्न सकिनेछ।

 

प्रकाशित: Mar 24, 2025| 11:24 सोमबार, चैत ११, २०८१
प्रतिक्रिया दिनुहोस्