बुधबार, पुस ९, २०८२

संविधानप्रति कांग्रेस पूर्ण प्रतिबद्ध

 |  आइतबार, चैत १०, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, चैत १०, २०८१

काठमाडौं- नेपाली कांग्रेसले संविधान कार्यान्वयनको पक्षमा दृढतापूर्वक उभिने निर्णय गरेको छ।

National life

आइतबार केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले सार्वभौम नेपाली जनताद्वारा निर्वाचित संविधान सभाबाट बनेको संविधानको पूर्ण कार्यान्वयन गर्दै संविधानप्रति पूर्ण प्रतिबद्धता जाहेर गर्ने निर्णय गरेको बताए।

संघीय लोकतान्त्रिक संविधानमार्फत नै जनताका आवश्यकता, समस्या र महत्वाकांक्षाहरुलाई सम्बोधन गर्न सकिने कांग्रेसको विश्वास रहेको उनले बताए।

महतले भने, ‘सार्वभौम नेपाली जनताद्वारा निर्वाचित संविधान सभाबाट बनेको संविधानको जुन गणतान्त्रिक संघीय संविधान बनेको छ, यसप्रति पूर्ण प्रतिबद्धता जाहेर गरेको छ। यस संघीय लोकतान्त्रिक संविधानमार्फत नै जनताका आवश्यकता, समस्या र महत्वकांक्षाहरुलाई सम्बोधन गर्न सकिने पनि विश्वास व्यक्त गरेको छ।’

कांग्रेसले बैठकमा समसायिक राजनीतिक विषयमा पनि छलफल गरेको हो। सरकारले प्रभावकारी ढंगबाट काम गर्नुपर्ने, जनताका आवश्यकता पूरा गर्न कमजोरी गर्न नहुनेबारेमा पनि छलफल भएको महतले बताए।

Laxmi sunrise bank
kumari

प्रकाशित: Mar 23, 2025| 19:43 आइतबार, चैत १०, २०८१
प्रतिक्रिया दिनुहोस्