आइतबार, भदौ १, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • बालेनले प्रकाशमानलाई भने- गणेशमान, पीएल र कांग्रेसको इतिहास माटोमा नमिसाउनु होला

बालेनले प्रकाशमानलाई भने- गणेशमान, पीएल र कांग्रेसको इतिहास माटोमा नमिसाउनु होला

 |  आइतबार, चैत १०, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, चैत १०, २०८१

vianetvianet

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहलाई प्रश्न गरेका छन्।

अव्यवस्थित बस्ती हटाउने, कपन खोलालाई व्यवस्थित गर्ने, बाल मन्दिर बचाउने, सार्वजनिक सम्पत्ति जोगाउने लगायतका काम कहिले गर्ने भन्दै उनले प्रश्न गरेका हुन्।

सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘अव्यवस्थित बस्ती हटाउने, कपन खोलालाई व्यवस्थित गर्ने, बालमन्दिर बचाउने, सार्वजनिक सम्पत्ति जोगाउने प्रयास गर्ने कुरा सधैं कुरामै रह्यो। कहिले गर्ने हो?’

साथै बालेनले आफूलाई हराउने नाममा शहर, क्षेत्र र देशचाहिँ नहराउन आग्रह गरेका छन्। उनले भनेका छन्, 'मलाई हराउने नाममा आफ्नो शहर, क्षेत्र, र देश चाहिँ नहराउनु होला। यत्रो गणेशमान सिंह, पीएल सिंह, र नेपाली कांग्रेसको इतिहास माटोमा नमिसाउनु होला।’

आइतबार कांग्रेसबाट निर्वाचित वडाध्यक्षहरूले कार्यपालिका बैठक बोलाउन माग गर्दै बालेनलाई निवेदन दिएका थिए। वडाध्यक्षहरूले निवेदन दिएपछि असन्तुष्ट बनेका बालेन उपप्रधानमन्त्री सिंहमाथि खनिएका हुन्।

Metro Mart

प्रकाशित: Mar 23, 2025| 18:38 आइतबार, चैत १०, २०८१
प्रतिक्रिया दिनुहोस्