बुधबार, असार ३, २०८३

पोखरा महानगरका कर्मचारी घुससहित पक्राउ

 |  बिहीबार, चैत ७, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ७, २०८१

पोखरा महानगरको फर्छ्यौट शाखामा कार्यरत कर्मचारी कपिल गिरी २५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्।

National life

अख्तियार दुरूपयोग अनुसन्धान आयोग पोखराको टोलीले महानगरपालिकाको गेटबाट उनलाई घुससहित पक्राउ गरेको हो।

महानगरका विषयमा अख्तियारमा परेका उजुरी फर्छ्यौट गर्ने जिम्मेवारीमा रहेका गिरीले अख्तियार मिलाउन भन्दै एक कर्मचारीसँग एक लाख रुपैयाँ घुस मागेका थिए।

गिरीले अख्तियारलाई मिलाउन घुस चाहिने भन्दै मागेको सूचना पाएपछि घुससहित पक्राउ गरिएको हो। 

स्याङ्जाको पुतलीबजार नगरपालिकामा काम गरेका गिरी बढुवा भएर पोखरा महानगर आइपुगेका थिए। 

Shivam cement

प्रकाशित: Mar 20, 2025| 18:29 बिहीबार, चैत ७, २०८१
प्रतिक्रिया दिनुहोस्