बुधबार, असार ३, २०८३

एमालेले गणतन्त्रको पक्षमा सचेतना अभियान चलाउने

 |  बिहीबार, चैत ७, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ७, २०८१

काठमाडौं- नेकपा (एमाले)ले मुलुकमा हाल भइरहेका प्रतिगामी हर्कतविरूद्ध जनतालाई सचेत पार्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनमत सिर्जना गर्न देशव्यापी जनसचेतना अभियान सञ्चालन गर्ने भएको छ।

National life

एमालेले चैत ११ गते एकैदिन एकै समय देशैभरि सबै वडामा जनसचेतना कार्यक्रमको घोषणा गरेको हो । यसैगरी तीन महिने वडा केन्द्रित अभियान चलाइरहेको एमालेले चैत ११ गते नै देखि चैत  ३० गतेसम्म सबै प्रदेश र जिल्लामा प्रतिगामी हर्कतविरूद्ध जनपरिचालन, जनसचेतना कार्यक्रम समेत आयोजना गर्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले बताए । 

यस क्रममा चैत १८ गते धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगन्ज र दमकमा मोटर साइकल र्‍योली आयोजना गरिने छ । एमालेले चैत १८ गते सबै जिल्लामा जिल्लास्तरीय जागरण सभा आयोजना गर्ने भएको छ भने चैत २४ देखि ३० गतेसम्म बाग्मती बाहेकका छ वटै प्रदेशका सहरहरू धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगन्ज र दमकमा विशेष प्रदर्शन र जनसभा गर्ने उनको भनाइ छ ।

प्रदेश तहमा हुने विशेष सभामा पार्टी केन्द्रबाट वक्ता पठाइने छ भने जिल्ला तहको सभाका लागि आवश्यक परेका ठाउँमा त्यस्तो व्यवस्था गरिने भएको छ।

एमालेले अगामी २०८४ मा हुने निर्वाचनमा एक्लै बहुमत ल्याउने योजनाअनुसार २०७९ को निर्वाचनपछि लगातार विभिन्न कार्यक्रम बनाएर जनतासँग जोडिने प्रयत्न गरिरहेको छ । यहीबेला राजतन्त्र फर्काउने भन्दै पूर्वराजावादीहरुले समेत प्रदर्शनको तयारी गरिरहेका छन् ।

Shivam cement

पूर्वराजा ज्ञानेन्द्र शाह गत फागुन २५ गते पोखराबाट काठमाडौँ आउँदा उनको पक्षमा देखिएको भिडबाट उत्साहित राजावादीहरूले राजतन्त्र फर्काउन पूर्वपञ्च नवराज सुवेदीको नेतृत्वमा संयुक्त आन्दोलनमा जाने घोषणा गरेका छन् ।

प्रकाशित: Mar 20, 2025| 18:26 बिहीबार, चैत ७, २०८१
प्रतिक्रिया दिनुहोस्