शुक्रबार, जेठ २२, २०८३

एमाले र कांग्रेससँग गठबन्धन गर्दा माओवादीलाई घाटा भयोः प्रचण्ड

 |  बिहीबार, चैत ७, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ७, २०८१

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  एमाले र कांग्रेससित गठबन्धन गर्दा माओवादीलाई घाटा भएको बताएका छन्।

National life

बाराको कलैयामा बिहीबार पार्टीको तराई–मधेश जागरण अभियानअन्तर्गत आयोजित सभालाई सम्बोधन गर्दै उनले एमाले र कांग्रेससित गठबन्धन गर्दा माओवादीलाई घाटा भएको कुरा गत उपचुनावको नतिजाले पनि देखाएको बताए।

‘विगतमा माओवादीलाई एमाले र कांग्रेसले अरु पार्टीको बैसाखी बन्ने भाष्य बनाए पनि उपचुनावमा एक्लै लडेर माओवादीले जितेर देखायो,’ उनले भने।

अहिले भएको स्ववियु चुनावमा पनि एमाले र कांग्रेसका विद्यार्थी संगठनको तुलनामा माओवादी विद्यार्थी संगठनले राम्रो परिणाम ल्याउँदै रेकर्ड तोडेको प्रचण्डले बताए। स्ववियु चुनावको नतिजाले पनि देशले अब माओवादी चाहेको उनको भनाइ थियो।

निर्माण क्रममा रहेको निजगढ–काठमाडौं द्रुतमार्ग छिटो सम्पन्न गर्न सके बारा जिल्लाबासीको पनि आर्थिक उपार्जनमा वृद्धि हुने भन्दै उनले द्रुत मार्ग चाँडै निर्माण सम्पन्न हुने बिश्वास व्यक्त गरे।

Shivam cement

तराई मधेसको विकासका लागि आफू प्रधानमन्त्री भएको बेला भारतीय प्रधानमन्त्रीलाई भनेर हुलाकी राजमार्ग चाँडै बनाउन दबाब दिएको प्रचण्डले बताए।

प्रकाशित: Mar 20, 2025| 18:16 बिहीबार, चैत ७, २०८१
प्रतिक्रिया दिनुहोस्