शनिबार, चैत ९, २०८१
  • गृहपृष्ठ
  • राजनीति
  • पूर्वराजा ज्ञानेन्द्रलाई 'श्री ५ महाराजाधिराज' लेख्न रोक लगाइयोस्: सांसद खतिवडा

पूर्वराजा ज्ञानेन्द्रलाई 'श्री ५ महाराजाधिराज' लेख्न रोक लगाइयोस्: सांसद खतिवडा

 |  बिहीबार, चैत ७, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ७, २०८१

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्ना सन्देशहरूमा ‘श्री ५ महाराजाधिराज’ लेखेकोमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले आपत्ति जनाएका छन्। श्री ५ लेख्ने र शाही निशान प्रयोग गर्ने काममा रोक लगाउन उनले सरकारको ध्यानाकर्षण गराए।

health

बिहीबारको प्रतिनिधि सभा बैठकमा सांसद खतिवडाले संविधानमा नरहेको श्री ५ लेखेकोमा आपत्ति जनाउँदै रोक लगाउन माग गरेका हुन्।

उनले भने, 'फागुन ६ गते दिएको सन्देशमा पूर्वराजा ज्ञानेन्द्रले श्री ५ महाराजाधिराज लेखेका छन्। शाही निशाना प्रयोग गरिएको छ। २०६५ जेठ १६ गते नारायणहिटीबाट शाही निशाना हटाएर राष्ट्रिय झण्डा राखिएको हो। संविधानमा श्री ५ महाराजाधिराज भन्ने छैन। पूर्वराजालाई संविधान नमिच्न सरकारले आग्रह गरोस्।’ खतिवडा प्रतिनिधि सभाको राज्य व्यवस्था समितिका सभापतिसमेत हुन्।

 

प्रकाशित: Mar 20, 2025| 12:17 बिहीबार, चैत ७, २०८१
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्