शनिबार, फागुन २, २०८२

पोखरामा पहिलोपटक ‘वाडा अटो शो’

 |  बुधबार, चैत ६, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, चैत ६, २०८१

गण्डकी- पर्यटकीय राजधानी पोखरामा यही चैत १४ देखि १७ गतेसम्म ‘वाडा अटो शो’ आयोजना हुने भएको छ।

National life

नाडा अटोमोबाइल्स एशोसियसन अफ नेपालको प्रस्तुतिमा पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एशोसियसन (वाडा)ले पहिलोपटक पोखरामा उक्त अटो प्रदर्शनी आयोजना गर्न लागेको हो। 

पोखरा महानगरपालिका–१२ स्थित अमरसिँह खेलकुद मैदानमा हुने प्रदर्शनीमा १९ वटा ब्राण्डका चार पाङग्रे, छ वटा ब्राण्डका लाइट कमर्सियल, सात वटा ब्राण्डका दुई पाङ्ग्रेलगायत लुब्रिकेन्ट, टायर, ग्यारेज उपकरण, पाटपूर्जा आदिका २० वटा व्यावसायिक स्टल रहने आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।

वाडाका उपाध्यक्ष एवं अटो शोका संयोजक निरन केसीले उक्त शो आयोजनाका लागि करिब रु ६० लाख खर्च हुने बताए। सवारीसाधनको खरिदबिक्री सँगै यस क्षेत्रमा भइरहेको प्रविधिको विकासबारे सवारीधनी, ग्राहक एवं सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको उनको भनाइ छ। 

“अर्थतन्त्र शिथिल भएको अहिलेको अवस्थामा केही मात्रामा भएपनि आर्थिक गतिविधि चलायमान बनाउन यो प्रदर्शनीले मद्दत पुग्ने हाम्रो विश्वास छ”, उनले भने, “नाडाको अटो शो पहिलोपटक काठमाडौँ बाहिर हुन लागिरहेको छ।” गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिका प्रदर्शनीको प्रवर्द्धकका रुपमा रहेको छ। 

Laxmi sunrise bank

चार दिनको सो प्रदर्शनी करिब ३५ हजार आगन्तुकले अवलोकन गर्ने अनुमान गरिएको वाडाले जनाएको छ। 

प्रकाशित: Mar 19, 2025| 19:03 बुधबार, चैत ६, २०८१
प्रतिक्रिया दिनुहोस्