बिहीबार, साउन २१, २०८३

त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु चुनाव रोक्न अदालतको आदेश

 |  बुधबार, चैत ६, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, चैत ६, २०८१

काठमाडौं- त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन रोक्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

बुधबार न्यायाधीश डालकुमार खड्काको इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो। अन्तरिम आदेश जारी हुनुपर्ने वा नपर्ने भन्ने विषयमा छलफलका लागि दुवै पक्षलाई बिहीबार बोलाइएको छ।

त्यतिञ्जेलका लागि चैत ३ गते प्रकाशन गरेको सूचना कार्यान्वयन नगरी यथास्थितिमा राख्न अदालते आदेश दिएको छ। त्रिविमा शुक्रबार स्ववियुको निर्वाचन हुने तालिका थियो।

यस विषयमा आदेश किन जारी हुनु नपर्ने हो भन्ने विषयमा आधार कारण र प्रमाण भएमा १५ दिनभित्र लिखित जबाफ पेस गर्न पनि इजलासले भनेको छ।

नेविसंघ त्रिवि समितिका अध्यक्ष विष्णुबहादुर बडैलाले त्रिविलाई विपक्षी बनाएर उच्च अदालतमा निवेदन दिएका थिए।

प्रकाशित: Mar 19, 2025| 15:50 बुधबार, चैत ६, २०८१
प्रतिक्रिया दिनुहोस्