मंगलबार, पुस ८, २०८२

पूर्वराजा ज्ञानेन्द्रको सक्रिया बढ्दै, यसै साता गोरखा जाने

 |  बुधबार, चैत ६, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, चैत ६, २०८१

काठमाडौं- पछिल्लो समय पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियता बढ्दो छ। झण्डै एक महिना पश्चिम बसेर विभिन्न जिल्लाको भ्रणम गरेका शाह गत फागुन २५ गते काठमाडौं फर्केका थिए।

National life

विमानस्थलमा भव्य स्वागत पाएका उनी अब गोरखा जाने भएका छन्। शाह वंशीय राजतन्त्रका लागि गोरखा महत्वपूर्ण ठाउँ हो। पृथ्वीनारायण शाहले गोरखाबाटै नेपाल एकीकरणको थालनी गरेका थिए।

ज्ञानेन्द्र गोरखनाथ, गोरखाकाली तथा मनकामना मन्दिरको दर्शन गर्न गोरखा जान लागेको सम्वाद सचिव डा. फणिराज पाठकले जनाएका छन्। उनी यसै साता जाने भनिए पनि गते भने खुलाइएको छैन।

राजावादीहरू र पूर्वराजा स्वयंको सक्रियताका कारण शाहको गोरखा भ्रमणलाई विशेष चासोका साथ हेरिएको छ।

प्रकाशित: Mar 19, 2025| 12:43 बुधबार, चैत ६, २०८१
प्रतिक्रिया दिनुहोस्